चितवनका अधिकांश क्षेत्रमा डुबान

चितवन : लगातारको वर्षाका कारण चितवनको अधिकांश क्षेत्र डुवानमा परेका छन् । चितवनको प्राय सबै खोलामा पानीको स्तर खतराको लेभलमा पुगेको हो ।
पूर्वी चितवनको टाँडीदेखि पूर्वमा जाने सडक पनि केहीबेर अवरुद्ध एको थियो । लगातार परिरहेको पानीका कारण बुढी राप्ति खोलामा आएको पानीका कारण बाघमारामा २० घर पुर्ण रुपमा डुबानमा परेको छ ।
रत्ननगर-८, बाघमारामा सुकुम्बासी बस्तिमा बुढी राप्ति खोला पस्दा त्यहा फसेका सबैको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले बाढी पहिरोको जोखिम क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गरी बाढी, पहिरो, नदि कटान र डुबानको दृष्टिकोणले उच्च जोखिममा रहेका विभिन्न स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन वा जान अनुरोध गरेको हो ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया