रौतहटमा अज्ञात व्यक्तिद्वारा प्रधानाध्यापकमाथि गोली प्रहार

रौतहट - रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा गोली चलेको छ ।
अज्ञात समूहले चलाएको गोली लागेर मकवानपुरको हात्ती सुने माविका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकाको समयमा अज्ञात समूहले हेडमास्टर लामामाथि गोली प्रहार गरेका हो ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकमा पर्ने जोगी खोलाको मुहानमा प्रधानाध्यापक लामामाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । दाहिने गालामा गोली लागेका लामालाई उपचारका लागि वीरगंज पठाएको चन्द्रपुर २१ स्थानीय बासिन्दा समिर बाबु कार्कीले जानकारी दिएका छन् ।
गोली चलेको स्थानमा अहिले प्रहरी चौकी पौराहीबाट प्रहरी सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा टोली गएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया