जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि सुर्खेत लगियो

कालीकोट -कालीकोटको पलाँता गाउँपालिका-३ को राडीनेटामा भएको जिप दुर्घनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमा सुर्खेत लगिएको छ ।
दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरबाट उपचारका लागि सुर्खेत लगिएको हो । घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि ल्याइएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कालिकोटको पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको थियो ।
जिप करिब २ सय मिटर तल खसेको र दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया