सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

सबै मिलेर अहिलेको सरकारलाई सफल बनाउनुपर्छ - उपसभापित खड्का

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै मिलेर अहिलेको सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् । 

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा नेपाल दलित संघले आयोजना गरेको कार्यक्रममा खड्काले मुलुकको आवश्यकताका आधारमा ठूला दुई दल मिलेर सरकार गठन गरिएको भन्दै सबै मिलेर अहिलेको सरकारलाई सफल बनाउनुपर्ने बताएका हुन् । 

उनले सरकारलाई सफल बनाउन तीनै तहमा दुईदलीय संयन्त्र समेत बनाइएको धारणा राखे । अब जनतामा देखिएको निराशालाई चिर्दै नयाँ भरोसा जगाउने काम कांग्रेसले गर्ने उनले बताए । 

खड्काले ८४ को निर्वाचनमा एकल बहुमत ल्याउने गरि कमीकमजोरी सुधार गर्दै अघि बढ्ने उल्लेख गरे । 

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले संविधान संशोधनको कुरालाई सकारात्मक ढंगले अघि बढाउने बताए । संविधान संशोधन गर्दा जनताको अधिकार कटौती गर्ने नभइ अधिकारका लागि नपुगेको व्यवस्थाहरू थप गरिने उनको भनाइ छ । 

त्यस्तै कांग्रेस नेताहरूले दलित समुदायको अधिकार स्थापित गर्नका लागि सरकारलाई सुझाव दिन आग्रह गरेका थिए । कार्यक्रममा दलित संघको अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

((