सोसीयडाडसँग बार्सिलोना स्तब्ध

स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना रियल सोसीयडाडसँग १-० गोल अन्तरले पराजित भएको हो ।
रियल सोसियडाडको जितमा खेलको ३३औं मिनेटमा शेराल्डो बेकारले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस सिजनको ला लिगामा बार्सिलोनाको यो दोस्रो हार हो । यो हारपछि बार्सिलोना १३ खेलमा ३३ अंकसहित शिर्ष स्थानमा कायम छ । त्यस्तै एक खेल कम खेलेको रियल म्याड्रिड १२ खेलमा २७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरि बार्सिलोनाविरुद्ध महत्वपूर्ण ३ अंक हासिल गरेको रियल सोसियडाडको भने १३ खेलमा १८ अंक भएको छ र लिगमा आठौं स्थानमा छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया