शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

ओलीलाई थप गलाउने रणनीतिमा खनाल-नेपाल समूह

काठमाडौँ : एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप गलाउने रणनीति अख्तियार  गरेको छ । समूहले ओली पहिलाभन्दा धेरै नै गलिसकेको र अझै लगाउन सकिने रणनीतिका साथ शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नजाने निष्कर्ष निकालेको छ । 

समूहको आज बसेको स्थायी समिति बैठकले ओली धेरै नै गलिसकेको र अझै गलाउन सकिने निष्कर्ष निकालेको हो । बैठकपछि नेता भीम रावलले बैठक वैधानिक तवरले नराखिएको भन्दै सहभागी नहुने निष्कर्षमा आफूहरू पुगेको बताए । बुधबार बसेको सर्वोच्च अदालतले अवैधानिक ठहर्‍याएको महाधिवेशन आयोजक समिति बैठकले स्थायी समिति सदस्य थप्‍ने र केन्द्रीय समिति समिति बैठक बोलाउने निर्णय नै अवैधानिक रहेको समूहको बुझाइ छ । 

नेपाल समूहले शुक्रबारको बैठक नै वैधानिक तवरले नबोलाइएको भन्दै स्थगन गरेर पुनः वैधानिक रूपमा बैठक बोलाउन उनीहरूले भाग गरेका हुन् । यसको भित्री पाटो भनेको ओलीले खनाल-नेपाल समूहसँग थप वार्ता गर्छन् र सहमतिमा पुग्‍ने तयारीका खाका बन्छ भन्ने पनि हो ।

खनाल-नेपाल समूहले सहभागी नहुने बताएपछि ओलीले बैठक रोक्ने सम्भावना छ । वार्तामा गर्दै सहमतिमा पुगेर बैठक बोलाउने पक्षमा उनीहरू छन् ।  यसरी एक पक्षीय भन्दा पनि स्वभाविक बैठकलाई वातावरण बन्‍ने बुझाइ पनि खनाल-नेपाल समूहको छ ।  

नेपाल-खनाल समूहले शुक्रबार अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने बताएपछि सहमति जुटाउन बिहीबार साँझ कार्यदल बैठक बसेको थियो । बैठकमा नेपाल समूहले शुक्रबारको बैठक स्थगित गरेर अर्को दिन बैठक बोलाउन ओली समूहका नेताहरू अध्यक्ष ओलीसँग छलफल गर्ने भएका छन् ।

विहिबार समिट होटलमा बसेको कार्यदलको बैठकमा विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, घनश्याम भूसाल र गोकर्ण विष्ट सहभागी थिए । सोही बैठक पछि नै सहमतिमा अघि बढ्ने र बैधानिक प्रक्रियाबाट काम अघि बढ्ने भएको हो । नेपाल समूहका नेताहरुले बैठकमा पर्याप्त गृहकार्य नभएको कारण देखाएर सार्ने सम्भावना रहेको बताए ।

दशौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बुधबार भएको बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रति नेपाल पक्ष असन्तुष्ट देखिएका थिए । २०७५ जेठ २ का लागि कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका नेपाल-खनाल समूहतर्फ देखिएका भुसालले भने, ‘आज बैठकको विषयलाई ओलीजीले पनि सकारात्मक रूपमा लिनुहोला भन्ने लाग्छ ।’

एमाले जोगाउन सक्रिय रहेको र यो जोगिने पनि भुसालले बताए । माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेकोमा खनाल नेपाल पक्ष असन्तुष्ट रहेको बताए ।