उपनिर्वाचनको पर्यवेक्षण गर्न निवेदन आव्हान

काठमाडौँ - निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आव्हान गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन निर्देशिका २०८१ को अनुसूची-६३ बमोजिम निवेदनका लागि कात्तिक २६ देखि ३० गतेसम्म पाँच दिनको समय दिइएको छ ।
आयोगका अनुसार पर्यवेक्षणको स्वीकृति प्रदान गर्नु पूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारी मूलक अन्तरक्रिया गरी वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने छ ।
साथै आयोगले पर्यवेक्षणको स्वीकृति प्राप्त संस्थाले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्य रुपमा प्रतिवेदन लिई सो उपर छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया