कर्णालीमा खुकुलो बन्यो निषेधाज्ञा

सुर्खेतः कर्णालीका विभिन्न जिल्लामा जारी निषेधाज्ञा खुकुलो बन्दै गएको छ । गत बैशाख १४ गतेदेखि सुर्खेत लगायत अन्य कर्णालीका जिल्लाहरुमा खुकुलो बन्दै गएको हो । कोभिडको दोस्रो भेरियन्ट सुरु भएलगत्तै कर्णालीका सबै जिल्लाहरुमा निषेधाज्ञा जारी भएको थियो । उक्त जारी निषेधाज्ञा कर्णालीका दशै जिल्लाहरुमा खुकुलो बन्दै गएको हो । भने ठप्प सार्वजनिक तथा नीजि सवारी साधनहरु सञ्चालनमा आएका छन ।
नागरिकको जीवनलाई सामान्य अवस्थामा फर्काउन निषेधाज्ञा जारी राख्ने तर खुकुलो भने गर्ने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘निषेधाज्ञा खुकुलो भएपछि असार १८ गतेदेखि सार्वजनिक यातायात समेत चल्ने छन । जोर–विजोर प्रणालीमा सुर्खेत जिल्लाभर सार्वजनिक यातायात चलाउन पाउने छन । जोर बारमा जोर नम्बर प्लेट र बिजोर बारमा बिजोर नम्बर प्लेटका गाडीहरु सञ्चालन हुनेछन् । साथमा गाडीले पूर्णक्षमतामा यात्रुहरु बोक्न पाउने छन ’ प्रजिअ रिजालले भने ।
‘असार १० गतेदेखि नै वीरेन्द्रनगरमा निषेधाज्ञा खुकुलो पारिएको थियो । हाल सुर्खेत जिल्लाभर बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म सबै प्रकारका पसलहरुलाई संचालन भइरहेका छन् । असार यता सुर्खेतसहित प्रदेशभर निषेधाज्ञा खुकुलो पारिएको छ । कोरोना संक्रमण नघटे पनि निषेधाज्ञा खुकुलो पारिएको हो । हाल प्रदेशका सबै जिल्लामा सबै प्रकारका पसल तथा निजी सवारी साधन सञ्चालन हुँदै आएका प्रजिअ रिजालले बताए ।
त्यस्तै दैलेखमा विहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म सबै प्रकारका व्यवसाय संचालन गर्न दिइएको छ । दैलेखमा सार्वजनिक यातायात खुला गर्न दिइएको छ । नीजि सवारी साधनलाई भने मजदुर बोक्नेगरी संचालन गर्न दिइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद प्याकुरेलले जनाए । यस्तै सल्यानमा पनि अत्यावश्यकका पसलहरु बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन गर्न दिइएको छ । निजी सवारी साधनलाई पनि जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिइएको सल्यान प्रजिअ लक्ष्मीदेवी हुमागाईले बताइन् ।
त्यस्तै रुकुमपश्चिममा पनि निषेधाज्ञा खुकुलो पारिएको छ । सवारी साधन सञ्चालन गर्न दिएको छैन । उपभोग्य पसल पसल व्यवसाय बिहान ६ बजेदेखि १० बजेसम्म सम्म र हाडर्वयर फेन्सी पसलहरु बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म खुला गरिएको छ । भने जाजरकोटमा पनि बिहान ६ बजेदेखि १० बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न दिइएको छ । जाजरकोटमा १५ देखि नै सार्वजनिक यातायात खुला गरिएको छ ।
जुम्लामा पनि निषेधाज्ञा असार २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गरिएको छ । तर सवारी साधान सञ्चान बारे कुनै निर्णय गरिएको छैन । त्यस्तै मुगुमा भने आधा यात्रु बोक्ने गरी यातायात सञ्चालन गरिएको छ । मुगुमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म पसलहरु खुल्ला गरिएको छ । कालिकोटमा पनि नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालन भइरहेको छ ।
कर्णालीभर एक हजारभन्दा बढी सक्रिय संक्रमित
हाल कर्णाली प्रदेशभर एक हजार एक सय सात जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीका १० वटै जिल्लाको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित सुर्खेतमा र सबै भन्दा कम डोल्पामा रहेको छन ।
त्यस्तै सुर्खेतमा दुई सय ४६, दैलेखमा ९४ जना, कालीकोटमा एक सय १७ जना, जाजरकोटमा ४१ जना, सल्यानमा ७० जना रुकुमपश्चिमा दुईसय दुई जना कोरोना सक्रिय सक्रमित रहेका छन् । त्यस्तै जुम्लामा एकसय सात जना, डोल्पामा १७ जना, मुगुमा एकसय ७५ जना र हुम्लामा १९ जना कोरोनाका सक्रिय बिरामी संख्या रहेको निर्देशनालयले जनाएको छ ।
हालसम्म कर्णालीमा कोरोनाबाट तीन सय २७ जनाका मृत्यु भएको निर्देशनालले जनाएको छ । असार पहिलो सातादेखि कर्णालीका जिल्लाहरुमा निषेधाज्ञा खुकुलो छ । तर संक्रमित घटेपनि कोरोनाको जोखिम कायम रहेकोले निषेधाज्ञालाई निरन्तरता दिइएको छ । रासस

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_LkAKgc76u2_b33rlmctzgzmg4dxe3cqxlevcoognplhyalk7to6glshwuh4uzg1mempvtx8.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_BSDay1weVu_zjy6w5bspal3lwmnfqq84tvtqlssp9tcwjfx4tzuitljgkvpbwopfpv41gvq.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आ…

प्रतिक्रिया