अफगानिस्तानले जित्यो बंगलादेशविरुद्धको एकदिवसीय सिरिज

काठमाडौँ- अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।
गएराती भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सिरिज २-१ ले जितेको हो ।
बंगलादेशले दिएको २४५ रनको लक्ष्य पछाएको अफगानिस्तानले रहमनुल्लाह गुरबाजको १०१ तथा अजमतुल्लाह ओमरजाइको ७० रनको मद्दतले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २४४ रन बनाएको थियो ।
योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ । सिरिजमा पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेल बंगलादेशले जितेको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया