लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा राजेश हमाल नियुक्त

लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको हो ।
नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् । नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ‘महानायक’ को रुपमा पनि चिनिन्छ ।
ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त भएपछि हमालले लुम्बिनी लायन्ससँगको यस सहकार्यले अत्यन्त खुसी र गर्व महसुस गराएको बताए । लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी भएको उनले बताए ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्राउन पाउँदा उत्साहित भएको बताए । लुम्बिनी लायन्सलाई समग्र रुपमा एनपीएलको उत्कृष्ट टिम बनाउने लक्ष्य रहेको बताउँदै उनले हमालको आगमनले लक्ष्य प्राप्तिको बाटोमा पाइला चालेको बताए ।
नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया