सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

पूर्वी राप्ती नदीमा बाढी, चितवनको सौराहामा जोखिम

फाइल फोटो

काठमाडौँ : रातभरीको वर्षाले मकवानपुरको पूर्वी राप्ती नदीमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले नेपाल बाढी सूचना ह्यान्डलमार्फत ट्वीट गर्दै पूर्वी राप्ती नदीमा बाढी आउँदा चितवनको सौराहा आसपासको क्षेत्रमा डुबानको जोखिम बढेको जनाएको हो ।

मध्यराती १ बजे ट्वीट गर्दै बाढी सूचनाले मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेकोले सौराहामा डुबान पर्ने जनाएको हो । बाढीका कारण नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपासमा सतर्कता अपनाउन पनि बाढी सूचनाले आग्रह गरेको छ ।