सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार

फाइल फाेटाे

काठमाडौँ - मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ ।

आज कूल ३१२ कम्पनीका एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख बराबरको कारोबार भएको थियो ।

आज गुँरास लाघुवित्त र मेन्छीयाम हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज गुडविल फाइनान्सको शेयर मूल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी गुडविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार बराबरको कारोबार भएको छ भने आँखु खोला जलविद्युतको सबैभन्दा बढी ११ लाख ९८ हजार ६४० कित्ता शेयर कारोबार भएको छ ।