चीनमा कारको ठक्करबाट ३५ जनाको मृत्यु

काठमाडौँ - चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरूको भीडलाई कारले ठक्कर दिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
चिनियाँ सञ्चार माध्यमले सो घटनामा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको उल्लेख गरेका छन् ।
चिनिया अधिकारीहरूले यसलाई 'गम्भीर आक्रमण' भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् ।
कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरेपनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको पनि जानकारी दिएको छ ।
यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराका बीच यो घटना भएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्धविच्छेदपछि सम्पत्तिको टुङ्गोमा चित्त नबुझेकाले मानिसको भिडमा गाडी चढाएको प्रहरीले जनाएको छ ।
कार चालक अहिले बेहोस रहेकाले प्रहरीको प्रश्नको जवाफ दिनसक्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ ।

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया