नगरपालिकामा लगाइएको ताला एक महिनापछि खुलाइयो

सप्तरी - हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगरप्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र बाढीपीडित आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार एक महिनापछि आज ताला खुलाइएको हो ।
गत असोज २५ गतेदेखि गरिएको तालाबन्दीले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अब यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित ताला खोल्ने निर्णय भएको बैठकमा सहभागी हनुमाननगर कंकालिनी नगरपालिका–५ का अशोककुमार यादवले बताए ।
राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी तथा डुबानपीडितले नगरका वडा नं ५, ६, ७, १२ र १३ को वडा कार्यालयमा समेत तालाबन्दी गरिएको थियो । जसले सम्पूर्ण कामकाज ठप्प भई जनजीवन प्रभावित बनेको थियो ।
आजदेखि वडा कार्यालय र नगरपालिकाको सेवा सुरु गर्दै १० दिनभित्र नगरसभा गरी कर्मचारीको तलब भत्ता वितरण गर्नेसमेत सहमति भएको छ ।

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

५३ लाख बढीमा बागवानीको आँप ठेक्कामा

प्रतिक्रिया