करिब ३०७ किलो गाँजासहित कृषि फर्मका सञ्चालक पक्राउ

सुनसरी- धरान उपमहानगरपालिका-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ७ किलोग्राम सहित कृषि फर्म सञ्चालक धरान उपमहानगरपालिका-१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त फर्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

प्रतिक्रिया