आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

डेंगुको उपचारका क्रममा गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

म्याग्दी- गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौँको ग्राण्डी अस्पतालमा डेंगुको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले बताए । उनी नेपाली कांग्रेसबाट  समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइा् ।  

उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।