भारतको रणजी ट्रफीमा भयो ६०६ रनको कीर्तिमानी साझेदारी

काठमाडौँ- भारतीय घरेलु क्रिकेटमा दुई ब्याट्सम्यानले ६०६ रनको साझेदारी गरेर नयाँ कीर्तिमान बनाएका छन् ।
जारी भारतीय घरेलु लिग रणजी ट्रफी अन्तर्गतको खेलमा गोवाका ब्याट्सम्यान स्नेहल कौथनकर र कश्यप बक्लेले अरुणाचल प्रदेशविरुद्ध ६०६ रनको साझेदारी गरेर नयाँ कीर्तिमान बनाएका हुन् । प्लेट समूहको खेलमा दुवैले रणजी ट्रफीको इतिहासमा अहिलेसम्मकै ठूलो अविजित ६०६ रनको साझेदारी गरेका थिए।
गोवाका स्नेहलले २१५ बलमा ३१४ रनको इनिङ खेलेका थिए भने कश्यप बक्लेले २६९ बलमा ३ सय रन बनाएका थिए । दुवै अविजित रहेका थिए ।
अरुणाचल प्रदेशको टोली पहिलो इनिङ्समा ८४ रनमा आउट भएको थियो । जहाँ गोवाले दुई विकेट गुमाएर ७२७ रन बनाएर इनिङ्स घोषणा गरेको थियो ।
जवाफमा अरुणाचल प्रदेशका खेलाडीले ९२ रन बनाएर अलआउट भएपछि यो खेल गोवाले एक इनिङ्स र ५५१ रनले जित्यो ।
रणजी ट्रफीमा यसअघि २०१६ मा महाराष्ट्रका स्वप्निल गुगाले र अंकित बावनेको नाममा ५९४ रनको साझेदारीको कीर्तिमान रहेको थियो । दुवैले दिल्लीविरुद्ध सो साझेदारी गरेका थिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया