रवि भोपारा चितवनबाट एनपीएल खेल्ने

काठमाडौँ- इङल्याण्डका पुर्व अलराउण्डर रवि भोपारा चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
चितवन राइनोजले ३९ वर्षीय भोपारालाई भित्र्याएको औपचारिक जानकारी दिएको छ ।
भोपराले २००७ देखि २०१५ सम्म इङल्याण्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले भारतको आइपिएलदेखि विश्वका कैयौं टी-२० लिग खेलेका छन् । हालै हङकङमा सम्पन्न हङकङ सिक्सेसमा नेपालले पराजित गरेको इङल्याण्ड टिमका भोपारा कप्तान थिए ।
नेपाली राष्ट्रिय टिमका कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यसअघि दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज, इङल्याण्डका लुक बेनकेनस्टिन र अफगानिस्तानका हसन एइसाखिललाई भित्र्याएको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया