भीष्म जोशीले ल्याउँदै कोठा, यस्तो छ ट्रेलर

आर्ट घरको निर्माणमा तयार भएको सांगीतिक छोटो फिल्म 'कोठा'को ट्रेलर सार्वजनिक भएको छ। भीष्म जोशीको कथामा बनेको उक्त फिल्मको ट्रेलरमा नयाँ सपना र उद्देश्य बोकेर गाउँबाट शहरमा पढ्न छिरेको किशोरको कथा संकेत गरिएको छ।
यसअघि 'समय र उमेर' ल्याएको आर्टघरको यो दोस्रो प्रस्तुति हो। फिल्ममा 'पुर्णबहादुरको सारङ्गी' फिल्मको 'काँधेकुरी' गीतका कारण चर्चामा रहेका गायक प्रशान्त सिवाकोटीको संगीत र स्वर रहेको छ।
यसमा प्रवीणकुमार पाण्डेको मुख्य चरित्र भूमिका रहेको छ भने अन्य कलाकारका रुपमा सबि थापा, सरोज खड्कालगायतका कलाकारको अभिनय रहेको छ। सरोज श्रेष्ठको छायांकन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको उक्त सांगीतिक फिल्ममा कवि देवव्रत र निर्देशक जोशीको शब्द रहेको छ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया