मंगलबार २६ चैत, २०८१
Tuesday, April 08, 2025

किशोर-किशोरीले भोगेका समस्या सरकारलाई जानकारी गराउँछुः सभामुख घिमिरे

फाइल फोटो

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले किशोरी तथा किशोरले विभिन्‍न कारणले भोग्नुपरेका समस्याहरुका बारेमा सरकारका निकायलाई अवगत गराउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार काठमाडौंमा हालै सम्पन्न किशोरी तथा किशोर सञ्जालको राष्ट्रिय भेलाको निचोडहरु बुझ्दै सभामुख घिमिरेले किशोरी तथा किशोरले बिभिन्न कारणले भोग्नुपरेका समस्याका बारेमा आएका बिषयहरुप्रति आफु गम्भीर भएको भन्दै यसबारे सरकारका निकायहरुलाई अवगत गराउने बताएका हुन् ।

उनले अनाथालयमा हुर्किएका किशोरी तथा किशोरले नागरिकता लिनका लागि भोग्नुपरेका समस्याहरु छिटै समाधान हुने विश्वास व्यक्त गरे । यसका बारेमा सदनमा बहसको बिषय बनेको र गृहमन्त्रालयमा समेत कार्यदल बनाएर काम भइरहेको भन्दै सरकारले कानून बनाउन आवश्यक काम गर्ने उनले बताए ।

सभामुख घिमिरेले अल्पसंख्यक, पछि परेका समूदायका बालबालिकालाई हेर्नेदृष्टिकोण परिवर्तन गर्नका लागि राजनीतिक क्षेत्रबाट अभियान नै सुरु गर्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले बोल्न नसक्ने बालबालिकाका समस्या बुझ्नका लागि कानूनी भन्दा व्यवहारिक ढंगले त्यसको पूर्तिगर्नुपर्ने बताए । सवै बालबालिकाहरुलाई राष्ट्रिय गौरवको रुपबाट अघि लानका लागि चाहिने सवै प्रवन्ध मिलाउनका लागि राज्यमा सुशासन जरुरी रहेको उनले बताए ।