सरकार नीजि क्षेत्रसँग मिलेर अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

विराटनगर- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीजि क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्न आग्रह गरेका छन् ।
शनिबार मोरङ चेम्बर अफ कमर्शले आयोजना गरेको अन्तरक्रियाका क्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । कार्यक्रममा मोरङका व्यवसायीहरूले नीजि क्षेत्रले व्यवसाय दर्ता देखि अहिले भोगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।
सरकारको अहिलेको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको भन्दै उनले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उपप्रधानमन्त्री सिंहले ०७२ को भूकम्प, त्यसपछि कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेको बताए ।
उनले देशको अर्थतन्त्र सुदृढ बनाउन उत्पादनको क्षेत्रमा जोड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको भन्दै व्यवसायीहरूलाई विश्वस्त रहन पनि आग्रह गरे । नेपाली कांग्रेसको नेतृत्वमा २०४८ सालमा बनेको सरकारले लिएको खुला बजार अर्थनीतिकै कारण देशमा नीजि क्षेत्रको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराए ।
'०४६ साल अगाडी नीजी क्षेत्रका व्यवसायीहरूले भोगेको समस्या अहिलेको भन्दा धेरै गुणा बढी थियो । अहिले व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन खोजिएको छ । व्यवस्था मात्र होइन अवस्था पनि क्रमिक रूपमा सबै क्षेत्रमा परिवर्नन भएको छ' उपप्रधानमन्त्री सिंहले भने 'शिक्षा, स्वास्थ्य, सडक, आर्थिक क्षेत्रलगायतमा क्रमिक रूपमा परिवर्तन भएको छ । तर, समयअनुसार नयाँ चुनौतिहरू आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा अब जोड दिनुपर्छ । सरकार त्यसमा गम्भीर छ ।'
सरकार अस्थिर हुँदा अरू क्षेत्रले जस्तै आर्थिक क्षेत्रले पनि समस्या भोगिरहेको चर्चा गर्दै उनले राजनीति स्थायीत्वकै लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको पनि बताए ।
उपप्रधानमन्त्री सिंह शनिबार जदाहा गाउँपालिकामा गणेशमान सिंह फाउन्डेसन मोरङले आयोजना गरेको स्वास्थ्य शिविरमा पनि सहभागी भए । उनले फाउन्डेसनले आयोजना गरेको शिविरबाट लाभ लिनबाट जदाहाका कोह पनि नछुट्ने गरि संयोजन गर्न पनि आग्रह गरे । शिविरबाट करिब १ हजार नागरिकले स्वास्थ सेवा लिनेछन् ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले जदाहामा बनिरहेको जदाहा गाउँपालिकाको प्रशासनिक भवनको पनि निरिक्षण गरे ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_09HnRvekgz_1vwo0rjcvcrhgje4bjkudy3a7sp5vxfezkp1uauxjfkbz6tcfop1wqhyfxcy.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया