लक्ष्मी सनराइज बैंकले दिगोपनलाई अगाडि बढाउदै गर्यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता

काठमाडौँ- लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता गरेको छ । काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको हो ।
‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा रही गरिएको उक्त प्रतियोगिताले बैँकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्धतालाई जोड दिएको थियो ।
प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन ( 1
ton CO2e Emission) उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो ।
यद्यपि , बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ। साथै हरेक सहभागीहरूलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १(१ बिरुवा पनि प्रदान गरिएको थियो।
एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगिताको हाइलाईट
विजेता: आत्माराम सिम्खडा (४३ अंक)
उपविजेता: आशिष लाल श्रेष्ठ (४२ अंक)
उत्कृष्ट ग्रस: टाशी छिरिङ (३८ अंक)
वरिष्ठ श्रेणी विजेता: तुलसी भट्ट (४० अंक)
महिला विजेता: तारा कार्की चित्रकार (३५ अंक)
महिला उपविजेता: सुमित्रा खड्का (३० अंक)
सबैभन्दा लामो ड्राइभ: नोर्बु छिरिङ शेर्पा
पिनको नजिक: अनिल कुमार सिन्हा
विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।
यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिन्छ। कार्बन फुटप्रिन्ट न्यूनीकरणको र पर्यावरण-मैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्नो गतिविधिहरूलाई #OrangeLovesGreen अभियानसँग एकिकृत गरीरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणी रूपमा स्थापित गर्दै आएको छ ।
लक्ष्मी सनराइज बैंकले यस्ता विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरूले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भनेर प्रदर्शन गरिरहेको छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया