शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

सेतीमा बगेर २२ वर्षीया युवतीको मृत्यु

सांकेतिक फोटो

बझाङ - बझाङमा २२ वर्षीया युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ।

छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो। उनको आज बिहान करिब १० बजेको समयमा भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।