युवाहरूबीच कुटपिट हुँदा एक जनाको मृत्यु
तिलोत्तमा - रुपन्देहीमा युवाहरूबीच कुटपिट हुँदा एक जनाको निधन भएको छ। आफ्नै भतिजा र साथीभाइको कुटपिटबाट मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय राजु शाहनीको शुक्रबार राति मृत्यु भएको हो।
मदिरा सेवन गरी झगडा हुँदा भतिजा २१ वर्षीय अजय शाहनी, २२ वर्षीय सुरज कहार र २९ वर्षीय राजकुमार कुर्मीले राजुमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका शाहनीलाई भिम अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न ३ मध्ये २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया