आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सभामुख पक्षले माग्‍याे चार घण्टा समय, इजलासले आइतबारलाई दुई घण्टामात्र दियो

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको बहसका लागि सभामुख अग्नि सापकोटा पक्षले चार घण्‍टा समयको माग गरेको छ । तर इजलासले समय थप्न अस्वीकार गर्दै दुई घण्टामात्र समय दिएको थियो । 

न्यायाधीस इश्वरप्रसाद खतिवडाले बहसका लागि डेढ घण्टाको समय मात्रै दिन सकिने बताए । तर सभामुख पक्षले भने चार घण्टाको समय माग गरेको थियो । ‘डेढ घण्टा समय हो । फाइनल हाे’ न्यायाधीश खतिवडाले भने, ‘तपाईहरूलाई थप्यो भने अरूलाई पनि थप्नपर्छ । मिल्दैन।’ 

सभामुख पक्षका वकिललाई इजलासले आइतबार दुई घण्टामात्र समय दिनेभएपछि आजको इजलास सकिएको छ ।