मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षका लागि १७ जनाको मनोनयन दर्ता

काठमाडौँ - मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्ष पदको उपनिर्वाचनका लागि दुई जना स्वतन्त्र सहित १७ जनाले मनोनयन दर्ता गरेका छन् ।
आइतबार प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएत साना दलहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन भएपनि अध्यक्ष पदका लागि अधिकांश दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश उद्धव प्रसाद भट्टराईले जानकारी दिए ।
उम्मेदवारहरु बाजागाजा र जुलुस सहित ग्रामथान गाँउपालिकामा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका लागि पुगेका थिए ।
गत असार ३ गते ग्रामथान गाँउपालिकाका तत्कालिन अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । ग्रामथान गाँउपालिकामा २६ हजार ४४ मतदाता रहेका छन् ।

सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए

चट्याङ लागेर दुई घाइते

सुनसरी गोली प्रहार घटना, तीन जना पक्राउ
भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

प्रथम रेडपाण्डा महोत्सव सुरु

भोजपुरको पर्यटकीयस्थल नागछाँगा आझेलमा

प्रतिक्रिया