१६ बुँदे काडमाडौँ घोषणापत्र जारी गर्दै ‘राष्ट्रिय युवा सम्मेलन’ सकियो

काठमाडौँ - सोह्रबुँदे घोषणापत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत विज्ञ, पेसागत सङ्गठन तथा युवा अभियन्ताहरूको दुईदिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ ।
समापनका अवसरमा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा नेपाल सरकारले गर्नुपर्ने धेरै नीतिगत कार्यहरू बाँकी रहेको र सरकार सो प्रक्रियामा अगाडि बढेको बताए । उनले दुईदिने सम्मेलनद्वारा पारित काठमाडौँ धोषणापत्रलाई यथासक्य छिटो नीति र कार्यक्रमसँग जोड्ने प्रतिबद्धता जनाए ।
युथ फर रोड सेफ्टी इन नेपाल अभियानको व्यवस्थापनमा शनिबारदेखि काठमाडौँमा प्रारम्भ भएको सम्मेलनले दिगो पूर्वाधार निर्माण, सुरक्षा उपकरणमा अनुदान, आवश्यक कानुन निर्माण र कार्यान्वयन, नीति निर्माणमा युवा सहभागिता, पोस्ट क्र्यास रेस्पोन्स, दुर्घटना पीडितलाई सम्बोधन र दिगो तथा वातावरणमैत्री यातायात लगायतका मागसहित घोषणापत्र जारी गरेको छ ।
सम्मेलनले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट, दक्ष र पारदर्शी यातायात प्रशासन, अन्तरसरकारी समन्वय र पेसागत समुदायको संलग्नता, स्पिड म्यानेजमेन्ट तथा सुरक्षित विद्यालय क्षेत्र, अटोल्यान्ड र गाडीको गुणस्तर, प्रोएक्टिभ राजनीतिक प्रतिबद्धता र अधिकारसम्पन्न सडक सुरक्षा परिषद् गठनजस्ता माग पनि गरेको छ । देशभरिबाट सहभागी भएका करिब एक सयजना युवा, अतिथि तथा वक्तालाई युथ फर रोड सेफ्टी इन नेपालका संयोजक ई किरण धितालले स्वागत गर्दै सम्मेलनको निष्कर्ष आगामी फेब्रुअरीमा मोरोक्कोमा हुने गोबल युथ एसेम्ब्लीमा प्रस्तुत गरिने जानकारी दिए ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_rBmqLk1b84_tmfdkvutjfyzzz4hj5toougdge0qfjyoh84kix234s90wb7ntbeyzag8w3gc.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

प्रतिक्रिया