माओवादी पदाधिकारी बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
महाधिवेसनबाट पारित भएको विधानमा विवाद देखा परेपछि त्यसलाई संशोधन गर्नेदेखि आगामी केन्द्रीय समिति बैठकको तयारीबारेमा पदाधिकारी बैठकमा छलफल हुनेछ ।
साथै मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय, पेरिसडाँडा कोटेश्वरमा बस्नेछ ।
सो पार्टीको गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २–७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया