आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

एकता प्रयासलाई असफल पार्ने तत्वहरू सलबलाए : प्रधानमन्त्री

फाइल तस्‍बिर

काठमार्डाैँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एक बनाउने आफ्नो प्रयासलाई असफल पार्ने तत्वहरू सलबलाएको बताएका छन् । बालुवाटारमा आज बसेको केन्‍द्रीय समिति बैठकमा उनले एमाले अर्को खेमा (झलनाथ खनाल र माधवकुमार नेपाल) पक्षधरले आफूलाई हरतरहसँग असफल पार्न प्रयास गरेको बताए। 

केन्द्रीय समितिको बैठक अघि नै शुक्रबार बिहान सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भिम आचार्यले प्रधानमन्त्रीलाई भेट्दै आजको बैठक सार्न आग्रह गरेका थिए । उनीहरूले उक्त बैठक सारेर वार्तालाई अघि बढाउँदै एकतामा जोड दिनुपर्ने बताएका थिए । तर प्रधानमन्त्री बिहानैदेखि बैठक नसार्ने पक्षमा रहेका थिए । 

खनाल नेपाल समूहले आफूलाई दबाबमा राख्न र गलाउन भन्दै विभिन्न बाहना बनाउन थालेको आरोप लगाउँदै बैठक अघि बढ्ने जनाएका थिए । शुक्रबार बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बहुमतको सरकार ढालेर विपक्षीलाई सघाउने र पार्टीलाई विभाजन गर्ने षड्यन्त्र हुनु चानचुने कुरा नभएको बताए । यसलाई पार्टीको अध्यक्षले टुलटुलु हेरेर बस्न कसरी सक्ने भन्दै उनले भने, ‘बाहिरकाले उचाल्दा उचालिनेहरूले कसरी दललाई राम्रो गर्छ भनेर सम्झनु ।’ 

उनले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने खेलमा आफ्नै मानिस लाग्नु दुखद भन्दै त्यस्ता कार्यका लागि आफू सति जान नसक्ने र अन्तिमसम्म पनि प्रयास आफ्नो पक्षमा नै हुने बताए । उनले बैठकमा नै भने, 'सरकारसँगै पार्टी राम्रोसँग चलाउन आफू हरतरहले प्रयासरत रहेको बताउँदै भने, ‘जनतालाई भ्याक्सिन लगाउनु छ । यहाँ बोलेको समयमा भ्याक्सिन नदिएर समस्या पारिरहेका छन् । तर पनि आइतबारसम्ममा उल्लेख्य भ्याक्सिन आउने छ ।’ 

यहाँ केही आफ्नै साथीहरूले राष्ट्रमाथि निकृष्ट नजर लगाएको र दललाई निमिट्यान्न पार्न खोजेको आरोप पनि लगाउन भ्याए । केन्‍द्रि समिति बैठक अहिले पनि बालुवाटारमा जारी छ ।