मनसुनी विपद्बाट ३३ जनाको मृत्यु, ३० जना बेपत्ता

काठमाडौँ : यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले शुक्रबार यस वर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताए ।
उनले भने,‘यो वर्षको मनसुनबाट क्षति भएको हकमा तत्कालै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर लगत संकलन गर्न र घर क्षतिको विवरण पठाउन माग गरेका छौँ । त्यो प्राप्त हुन वित्तिकै अस्थाई आवासका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइसकेका छौँ ।’
उनले गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरू पुनर्निर्माणका लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ता वापतको रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनको कोषमा पठाएको पनि उनले जानकारी दिए । यस वर्ष जेठ २८ गतेसम्म सुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उनले बताए ।
मनसुनबाट आएको विपत्तिबाट ३३ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएको प्रवक्ता अर्याललले बताए । बाढी पहिरोबाट ४८३ निजी घरहरू पूर्ण रुपमा क्षति भएको, ११२ घरमा आशिंक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ वटा सामुदायिक विद्यालयको भवनमा क्षति पुगको उनले जानकारी दिए । त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, २ वटा वित्तिय संस्थाको भवनमा क्षति भएको पनि उनले बताए ।
उनले विपद्बाट प्रभावितहरुका लागि खोज, उद्धार, राहत तथा पुर्नस्थापनाको काम गरिएको बताए । मौसम पूर्वानुमान महाशाखासँग समन्वय गरी विपद् आउनसक्ने ठाउँमा प्राधिकरणले पूर्वसूचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उनले बताए । ९ जिल्लाका ३६ पालिकाहरुमा प्रभावमा आधारित पूर्व सुचना प्रणाली जडान गरिएको पनि उनले उल्लेख गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया