रास्वपाले ७ मिनेट घन्टी बजाउने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ मिनेट घण्टी बजाउने भएको छ । मंगलबार साँझ ७ बजे ७ मिनेट घन्टी बजाउने भएको हो । भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध घन्टी बजाउन लागिएको रास्वपाले जनाएको छ।
आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको भन्दै रास्वपाले खबरदारीस्वरुप घन्टी बजाउन लागेको हो। २०७९ सालको आम निर्वाचनबाट राजनीतिको मूलधारमा उदाएको रास्वपा मुलुकको चौथो ठूलो दल हो।
‘आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं,’ रास्वपाले आग्रह गरेको छ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया