भौतिक पूर्वाधार विकास राज्यमन्त्रीद्वारा पदबाट राजीनामा

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई फेरि अर्को झड्का लागेको छ । एमालेबाट मुख्यमन्त्री बनेका पोख्रेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै विपक्षीहरू आन्दोलनमा उत्रिरहेका बेला आफ्नै क्याबिनेटमा रहेको एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि उनलाई थप संकट परेको हो ।
राजपाको महन्त पक्षको समर्थनमा सरकार रहेकी भौतिक विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पद त्यागेकी हुन् । उनले पदबाट राजीनामा दिँदै उपेन्द्र यादव पक्षमै फर्किएको बताइन् । ‘विगतमा केही कमिकमजोरी भए त्यसलाई आत्मआलोचना गर्दै पुन परानै अवस्थामा फर्किएको छ । प्रतिगमनको साथ दिएर बस्न उचित लागेन्,’ उनले भनिन् ।
यता उपेन्द्र यादव पक्षका प्रदेश अध्यक्ष अशोक यादवले रायमाझी पदबाट राजीनामा दिएर आफूहरूको क्याम्पमा आएको स्वीकार गरे । उनले भने, ‘गल्तीकमजोरीहरू स्वीकार गरेर आउनेलाई स्वागत नगर्ने कुरा भएन, उहाँले पार्टी कारबाही फुकुवाको निवेदन पनि दिनु भएको छ ।’ राजपाका ६ जना मध्ये ४ जना सांसदले शंकर पोख्रेललाई साथ दिँदै मन्त्री बनेका थिए । त्यस मध्ये एक जना यादव समुहमा फर्किएपछि उनीहरू अब तीन-तीन जाना भएका छन् ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया