आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

विश्वकप छनौटको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिए

काठमाडौँ- ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनौटमा उरुग्वेसँग बराबरीमा रोकिएको छ ।

बुधबार बिहान भएको खेलमा ब्राजिल र उरुग्वे १-१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा फेडेरिको भलभेर्डेले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ब्राजिलका लागि खेलको ६२औं मिनेटमा गेर्सनले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि ब्राजिलको १२ खेलमा १८ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै उरुग्वेको १२ खेलमा २० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।