सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण हुने

काठमाडौँ - नेपाल आयल निगमको सिनामंगलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ ।
बुधबार निगमको हवाई इन्धन डिपो सिनामंगल र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा)बीच नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन सम्झौता भएको हो । डिपोको कारण स्थानीय बासिन्दाका साथै हवाई उड्डयन क्षेत्र समेत जोखिममा रहेकाले डिपो स्थानान्तरण गर्ने तयारी गरेको हो ।
कार्यक्रममा निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवले डिपो गुह्येश्वरीतर्फ ५० रोपनी जग्गामा डिपो सार्ने निर्णय भएको बताए । उनले नयाँ बन्ने डिपोमा ३ हजार किलोलिटर क्षमताका ५ वटा भण्डारण ट्यांक निर्माण गरिने जानकारी दिए ।
नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन दुई संस्थाबीच एक करोड ९८ लाख ८४ हजार १ सय ८३ रुपैयाँमा सम्झौता भएको हो । हाल सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६ सय ६० किलोलिटर रहेको छ ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया