सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने

काठमाडौँ - सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ ।
बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बाल क्यान्सर विरामीहरुको निशुल्क सेवा शुभारम्भ गरेका हुन् । यसअघि मन्त्री पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी मन्त्रीस्तरीय निर्णय गरेका थिए ।
निशुल्क स्वास्थ्य सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले सम्वन्धीत क्यान्सर अस्पतालको सक्रियतामा नै बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने काम सुरु भएको बताए । क्यान्सर उपचारका लागि परिक्षण र वेड खर्च अस्पतालले निःशुल्क गर्ने र औषधीका लागि भने हालका लागि खर्च मन्त्रालयले व्यहोर्ने उनले बताए ।
मन्त्री पौडेलले क्यान्सर क्षेत्रमा सक्रिय रहेका गैर सरकारी संस्थासंग समन्वय गरेर अघि बढ्ने उल्लेख गरे ।
उनले १४ वर्षमाथिका महिलाहरुलाई क्यान्सर निरोधक भ्याक्सीन प्रदान गर्ने तयारी सुरु गरेको जानकारी दिए । क्यान्सर स्कृनिङ कार्यक्रमलाई पनि मन्त्रालयले तीव्रताका साथ अघि बढाउने उनको भनाइ छ ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया