गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने

काठमाडौँ- पेप गुआर्डिओलाले म्यानचेस्टर सिटीमा आफ्नो सम्झौता नवीकरण गर्ने भएका छन् ।
मिडिया रिपोर्टका अनुसार गुआर्डिओला २०२६ को जुनसम्म सिटीमा रहने गरि सम्झौता नवीकरण गर्न सहमत भएका हुन् । सिटीमा उनको सम्झौता आगामी जुनमा सकिँदै थियो । नयाँ सहमतिमा उनको सम्झौता २०२७ को जुनसम्म लम्बाउन सकिने उल्लेख रहेको छ ।
गुआर्डिओला २०१६ को जुलाई १ देखि म्यानचेस्टर सिटीको मुख्य प्रशिक्षक रहेका छन् । उनले अहिलेसम्म म्यानचेस्टर सिटीलाई ६ प्रिमियर लिग उपाधि जिताएका छन् । त्यस्तै २०२२-२३ को च्याम्पियन्स लिग पनि जिताएका छन् । उनको नेतृत्वमा सिटीले २०२३ मा फिफा क्लब विश्वकप जितेको थियो भने २ पटक एफए कप, तीन पटक कम्युनिटी शिल्ड, र चार पटक इएफएल कप जितेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया