आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने

काठमाडौँ- बलिउडका किङ खान शाहरुख खानका छोरा आर्यन खानको आगामी वेब सिरिजको औपचारिक घोषणा भएको छ ।
शाहरुख आफैंले छोरा आर्यनको नेटफ्लिक्स सिरिज घोषणा गरेका छन् । गौरी खानले निर्माण गरेको यो सिरिज आर्यन खानले निर्देशन गरेका हुन् ।
नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्टले यो सिरिज २०२५ मा रिलिज हुने बताइएको छ ।
शाहरुख खानले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएका हुन् । वास्तवमा आर्यन खान यसै सिरिजबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । यो सिरिज फिल्म उद्योगको पृष्ठभूमिमा आधारित रहेको बताइएको छ ।
नेटफ्लिक्सले यो सिरिज र यसको लस एन्जलस आयोजित कार्यक्रममा रेड चिलिजसँगको साझेदारीको घोषणा गरेको छ ।
यो सिरिज फिल्म उद्योगमा आधारित रहेको र यस सिरिजमा बलिउडको ग्ल्यामरस र अप्ठ्यारो दुनियाँमा आफ्नो पहिचान बनाउन खोज्ने बाहिरी व्यक्तिको संघर्ष पनि देखिने बताइएको छ ।
यसैबीच शाहरुख खानले यस सिरिज बारे पोष्ट गर्दै लेखेका छन्, ‘यो विशेष दिन हो किनभने हामी दर्शकसामु नयाँ कथा ल्याइरहेका छौं । आर्यन आफ्नो नयाँ यात्रा सुरु गर्न लागेकाले रेड चिलीजका लागि यो दिन निकै विशेष छ । उनको नयाँ वेब सिरिज चाँडै नै नेटफ्लिक्समा आउनेछ । अगाडि बढ र मानिसहरूलाई मनोरञ्जन गर । याद रहोस, शो बिजनेस जस्तो कुनै व्यवसाय छैन ।'
नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्टले यसअघि पनि सँगै काम गरिसकेका छन्। यो वेब सिरिज नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्ट बीचको छैटौं फिल्म हो । यसअघि दुवैले डार्लिङ, भक्त, क्लास अफ ८३, बेताल र बार्ड अफ ब्लडजस्ता फिल्ममा सँगै काम गरेका थिए ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_lAClyK7ORY_4te5wfx2dsy96gscpjsp0uhsfc7r635rw9m9s3jx58agu1d2gp7vakliymgn.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया