कांग्रेसले गर्यो राष्ट्रिय सभामा पेस भएका अध्यादेशहरू अस्वीकार

काठमाडौँ : राष्ट्रिय सभा बैठकमा सरकारले पेस गरेको अध्यादेशहरू प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्वीकार गर्ने भएको छ । कांग्रेसले उक्त अध्यादेशहरू अस्वीकारका लागि शुक्रबार सूचना पेस गरेको हो ।
यस्ता छन् कांग्रेसले अध्यादेशहरू अस्वीकार गर्नुका कारणहरू :
· नेपालको संविधानको मर्म र भावना विपरित,
· पृथकीकरणको सिद्धान्त विपरित,
· संसदीय मान्यता र भावना विपरीत,
· संसद छलेर ल्याइएको अध्यादेश,
· असमसामयिक एवं असान्दर्भिक,
· सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत कामकारवाही रोकेको विषय,
· संसदमा विचाराधिन हुँदाहुँदै अध्यादेश मार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित,
· कर निर्धारण लगायत आर्थिक सम्बन्धी विषयहरु र विनियोजन सम्बन्धी विषयहरु जनप्रतिनिधिहरुको थलो संसदमा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी ल्याएको अध्यादेश भएकोले,
· कतिपय विधेयकहरु संसदमा विचाराधिन हुँदाहुँदै अध्यादेश मार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित भएकोले,

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी

आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने

प्रतिक्रिया