शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

खोला तथा सडक मापदण्ड खारेजीको माग राख्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ - खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजी गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको नेतृत्वमा खोला तथा सडक मापदण्ड गैरन्यायिक भएकाले खारेज गर्नुपर्ने भन्दै प्रदर्शन काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हो ।

त्यसअघि प्रदर्शनमा सहभागीहरूले कुपण्डोल पुलबाट माइतीघरसम्म खबरदारी र्‍याली समेत निकालेका थिए । प्रदर्शनमा सहभागीहरूले मापदण्डका नाममा जनतालाई उठीबास गर्न पाइँदैन, जनतालाई उठीबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर, आवास र सम्पतिको संवैधानिक हकको ग्यारेन्टी गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उपत्यका सम्पदा संरक्षण अभियन्ता सुमन सायमीले एकीकरण, अधिग्रहण, बिकास लगायतका नाममा जनताको भूमि खोसिँदै आएकाले अव कुनै प्रकारको हस्तक्षेप सैह्य नहुने बताए । 

अव आफूहरूको लडाई भूमिको रक्षाका लागि हुने उनले बताए । उनले जनताको निजी सम्पत्ति महानगरले गैरकानुनी तवरले लुटिरहेको आरोप समेत लगाए । 

उनले संविधानमा नै आवास र सम्पत्तिको हक दिएको अवस्थामा डोजर आतंक गरेर जनताको अधिकार खोस्न खोजेको धारणा राखे । 

प्रदर्शनकारीहरूले खोला तथा सडक मापदण्ड खारेजी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । 


((

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…