नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट

काठमाडौँ - नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन आए अनुसार विभिन्न अन्तर्राष्ट्रिय उडानमा छुट दिने घोषणा गरेको जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भएको कारण तत्कालीन अवस्थामा विभिन्न वायुसेवाहरूको हवाई उडानहरू कटौती भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपालीहरूको महान् चाडपर्व समेत परेकोले हवाई भाडादर बढेको भनिएको भएपनि आफ्नो भाडा दर अघिल्लो वर्षको भाडादरको दायरा भित्र नै रहेको दाबी गरेको छ ।
निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइएमा नियमानुसार कडा कारबाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
नेपाल एयरलाइन्सले दिल्ली, मुम्वई र वैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय छुट दिने घोषणा गरेको छ भने दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिएको जनाएको छ ।
एयरलाइन्सले उपरोक्त छुट जहाजको सिट उपलव्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने र सो को लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनु पर्ने जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिख सम्मको अवधिमा सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्वुदरोग भएका बिरामीलाई सत प्रतिशत छुट, ३३ जना निज बिरामीहरूका कुरुवाहरूलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकारी दिएको छ । त्यसैगरी २१ जना सरकारी कर्मचारीहरूलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकारी दिएको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया