यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णय
मकवानपुर - मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले चार वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम वा सो सरहको अधिकृतहरुलाई कामकाजमा खटाउने, योजना सम्झौतामा राय/सहमति प्रदान गर्ने र योजना सम्झौतामा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि तोकी पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
यस्तै बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन )नियमावली, २०८१ स्वीकृत गर्नेलगायत निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

प्रतिक्रिया