जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सकियो भन्नेहरुका लागि जागरण सभा जवाफ भएको बताएका छन् ।
काठमाडौँको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ भएको बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै सत्तामा भएका दलहरु जनतामा जाने विषय सामान्य भएको भन्दै सत्तामा रहेर सभा गर्न नमिल्ने भन्ने टिप्पणी नगर्न आग्रह गरेका थिए । उनले एमाले जनताको पार्टी भएकोले जनतामा जाने निर्णय गरेको बताएका थिए ।
महासचिव पोखरेलले एमालेले अहिले देशमा देखिएको निराशालाई चिर्न नेतृत्व गर्ने बताउदै पार्टी र नेतृत्वलाई विभिन्न आरोप लगाएर बदनाम गर्ने प्रयास गरिएको बताएका थिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया