‘देशलाई सही बाटोमा डोर्याउन जरुरी छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सही बाटोमा डोर्याउन सचेत र सजग हुनुपर्ने बेला आएको बताएका छन् । ।
राप्रपाद्वारा कैलालीको साडेपानीमा आज आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देशलाई सही बाटोमा लैजाने कामको नेतृत्व अन्य राजनीतिक दलले नभई राप्रपाले मात्रै गर्न सक्ने जिकिर गरे ।
सुन्दर, वैभवशाली र प्रशस्त सम्भावना भएको हाम्रो देश भएर पनि गलत नेतृत्वकै कारण अहिलेसम्म विकास हुन सकेको उल्लेख गर्दै उनले कृषि, बिजुली, पर्यटन, सूचना प्रविधिको विकास गर्न सकिएमा विकासले फड्को मार्न सक्ने बताए।
आमसभामा सो पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, प्रदेश अध्यक्ष धर्मराज जोशी, जयन्त चन्द, वीरेन्द्र बमलगायत नेताले समसामयिक राजनीतिका बारेमा धारणा राखेका थिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया