उपनिर्वाचनमा कांग्रेसलाई मतदान गरौँ : महामन्त्री शर्मा

जलेश्वर (महोत्तरी)- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार जनिफ खानसँगै जनताको घरदैलोमा भोट माग्दै हिँडेका महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर–२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे ।
उनले तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकसाथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी नेपाली कांग्रेस रहेको भन्दै आफ्नो स्थान र अधिकार सुरक्षित गर्न कांग्रेसको उम्मेदवारलाई भोट दिन आग्रह गरे ।
नेता शर्माले यो उपनिर्वाचनले आगामी निर्वाचनको आधार तयार गर्ने भएकाले पनि कांग्रेस विजयी हुनुपर्ने भन्दै नेता तथा कार्यकर्ताले जनता केन्द्रित कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । रामगोपालपुर– २ को वडाध्यक्ष पदमा राजनीतिक दलका सात र ११ स्वतन्त्रसहित १८ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ दुई हजार एक सय ४१ जना मतदाता छन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया