रूससँगको दुर्लभ सम्झौतापछि कुस्र्कका दर्जनौँ बासिन्दा युक्रेनबाट फिर्ता : मस्को

मस्को- मस्को र किएभबीच दुर्लभ र ‘कठिन’ वार्तापछि रूसको सीमावर्ती क्षेत्र कुस्र्कका दर्जनौं बासिन्दालाई युक्रेनबाट रूस फर्काइएको मस्कोले शुक्रबार जनाएको छ ।
किएभले अगस्टमा कुस्र्क क्षेत्रमा ठूलो हवाई आक्रमण सुरु गरेर हजारौं सर्वसाधारणको बसोबास रहेको रूसी भूभाग कब्जा गरेको थियो ।
त्यहाँका बासिन्दालाई किन युक्रेन पुर्याइयो भन्ने स्पष्ट भएको छैन र किएभको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
“आज कुस्र्क क्षेत्रका ४६ जना बासिन्दा युक्रेनी पक्षसँग वार्ताको प्रक्रियाको परिणामस्वरुप युक्रेनबाट रुस फर्केका छन्,” रुसी मानवअधिकारकर्मी तातियाना मोस्ककोभाले भने ।
स्थानीय गभर्नर एलेक्सी स्मिरनोभका अनुसार ती सबै बासिन्दा युक्रेनले आफ्नो भूमि फिर्ता गर्न रूसको कुस्र्क क्षेत्रमा आक्रमण सुरु गरेको केही समयपछि नै कब्जा गरेको सुदझाको जिल्लाका सीमावर्ती सहर सुडझान्स्कीका हुन् ।
टेलिग्राममा उहाँले भन्नुभएको छ, “हाम्रा देशवासीलाई स्वदेश फर्काउनका लागि भएको कठिन र लामो वार्ताले परिणाम ल्याएको छ ।”
सम्झौता अनुसार १२ जना बालबालिकालाई समेत बेलारुस हुँदै स्वदेश फर्काइएको र सबैलाई आवश्यक सहयोग गरिएको उहाँले बताउनुभयो ।
युक्रेन द्वन्द्वको तनावपूर्ण क्षणमा किएभले रूसतर्फ बेलायत र अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ भने मस्कोले आफ्नो छिमेकी मुलुकमाथि हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
नागरिकहरूको सीमित फिर्ती, साथै कब्जा गरिएका सैनिकहरूको आदान–प्रदान र मारिएका लडाकुहरूको शवहरू दुई पक्षहरू बीच सहयोगको एक मात्र क्षेत्र बनेको छ, जुन मस्कोले फेब्रुअरी २०२२ मा आक्रमण सुरु गरेदेखि ‘आफ्नो पूर्ण क्षमता’ प्रयोग गरी लडिरहेको छ। (एएफपी)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया