पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
चितवन - मानव बेचबिखन आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै भारत पठाउन लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो।
प्रहरीले उनलाई नारायणगढबाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। विभिन्न स्थानका युवतीलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङ्लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
थिङले युवतीको पासपोर्ट संकलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो। भारतबाटै विदेश जानुपर्छ भनी युवतीलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको प्रमुख मिश्रले बताए। मानव बेचबिखनको नयाँ स्वरुप भएको प्रहरीले जनाएको छ।
थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया