विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनताको अपमान हो : विप्लव
काठमाडौँ - नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका छन् ।
पार्टी पुनर्गठन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले सरकार बनाउनका लागि चुनावमा जनता सहभागी भएपनि नेताहरूले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका हुन् ।
नेपालको सरकार विदेशी शक्तिले ढाल्ने र बनाउने नेताहरुको व्याख्या जनतामाथिको धोका भएको उनले बताए । त्यस्तै विप्लवले अहिलेको मुलुकको अवस्था अस्तव्यस्त रहेको र सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
प्रधानमन्त्रीको काम सरकार ढल्दैन भन्ने मात्रै रहेको उल्लेख गर्दै विप्लवले अहिलेको सरकार रातको १२ बजे ढल्नसक्ने आभाष जनतालाई भएको बताए । अहिले भ्रष्टाहरूले नै सडकमा नारा लगाउने काम गरिरहेको र आफूले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरेको उनले बताए ।
त्यस्तै उनले ऋणको त्रास देखाएर बीआरआई परियोजना रोक्ने र एसपीपी सम्झौता गर्ने षडयन्त्र भइरहेको उल्लेख गरे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया