आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अर्को सहमति, क्रियाशील सदस्यता वितरण विवाद मिल्ला ?

काठमाडौँ : महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा नेताहरुबीच देखिएको विवाद समाधान भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या सहमतिमा नै टुङ्गाउने सहमति गरेको हो ।

क्रियाशील सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुङ्गाउने सहमति भएको कांग्रेस नेता एवं क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए । त्यस्तै अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नविकरण पनि सहमतिमा नै गरिने उनको भनाई छ ।

नेता लेखकका अनुसार हालसम्म ४ लाख सदस्यले नविकरण गरेका छन् भने ४ लाखको हाराहारीमा नै नयाँ सदस्यलाई इन्ट्री गराइएको छ । क्रियाशील सदस्यताका बारेमा अब कुनै समस्या नरहेकोसमेत उनले जानकारी दिए ।