जाडोमा हिटर र गिजरको प्रयोग कसरी गर्ने ?

काठमाडौँ- जाडो मौसममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू अपनाइन्छ ।
यस्ता अवस्थामा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू घट्ने गरेका छन् । त्यसैले यस्ता काम गर्दा सावधानीका निम्न उपायहरू अपनाउनुपर्छ :
- हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ ।
- कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ ।
- आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौँ ।
- आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ ।
- हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ ।
- सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ ।
- गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ ।
- गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ ।

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

प्रतिक्रिया