बागमती प्रदेश सभामा शुक्रबार तीनवटा बैठक

हेटौंडा : बागमती प्रदेशसभामा शुक्रबार तीन बैठक बसेको छ । पहिलो बैठकमा सांसदलाई विशेष समय दिइएको थियो । यस्तै दोस्रो बैठकमा राजश्वको आय र व्यय छलफल भएको थियो भने तेस्रो बैठकमा सांसदको प्रश्नको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दिएका थिए ।
मन्त्री ढुंगेलले प्रदेश सरकारले राजश्व आय र व्ययमा गरेको अनुमान यथार्थपरक भएको बताएका छन् । उनले शुक्रबारसम्म प्रदेशले लक्ष्यको ५१ प्रतिशत राजश्व आम्दानी गरेको भन्दै असार मसान्तसम्म ८०.८५ प्रतिशत बजेट खर्च हुने बताएका हुन् ।
यस्तै प्रदेश सरकारले संघ सरकारले जस्तै प्रदेशको संचार माध्यमलाई पनि सोही अनुसारको कर छुट दिने प्रतिवद्धता व्यक्त गरे । यसअघि बागमती प्रदेशको पत्रकार महासंघ लागायतले कर छुट गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै आएको थियो ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा बागमती प्रदेशको विभिन्न जिल्लामा आएको बाढीपहिरो र कोभिड खोपको विषय सांसदले उठान गरेका थिए । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांसद युवराज दुलालले प्रदेश सरकारले बाढीपहिरोबाट मृत्तक तथा बेपत्ता भएको परिवारहरुलाई आर्थिक सहायत गर्नुपर्ने बताए । उनले मेलम्ची, हेलम्बु र पाँचपोखरीमा तत्काल बेलिब्रजको आवश्यकता भएको भन्दै तत्काल जेनेरेटरको व्यस्था गरेर टेलिफोन सेवा, विद्युतको पोलहरु र तार व्यवस्थित गरेर बिजुली बाल्न सक्ने बातावरण बनाउनुपनेमा जोड दिए ।
सांसद रमेश पौडेलले सिन्धुपाल्चोकमा बस्ती बस्न योग्य र अयोग्य क्षेत्र छुट्टाएर जनतालाई सुसुचित गराउनुपर्ने बताए । सांसद घनश्याम दाहालले जेष्ठ नागरिकले पहिलो डोज कोरोनाको खोप लगाएको भए पनि दोस्रो डोज कहिल्ये लगाउने भनेर प्रदेश सरकारसँग प्रश्न गरेका छन् ।
कोभिडविरुद्ध पहिलो डोजको कोभिशिल्ड लगाएकाहरुले दास्रो खोप लगाउन कहिले पाउने भन्दै उनले सरकारसँग जवाफ माग गरेका हुन् । पहिलो डोज खोप लगाएको नै म्याद सकिएको तर दोस्रो डोज खोप लगाउन नपाएको प्रति सांसदहरुले विशेष समयमा आवाज उठाएका छन् । अब बागमती प्रदेश सभा शनिबार बिहान साढे ११ बजेट बस्नेछ ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया